मुक्तिनाथ विकास बैंकले मुद्दती निक्षेपमा १० प्रतिशत ब्याजदर दिने

३ आश्विन २०७८, आईतवार १७:१३

काठमाडौं । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको छ । बैंकले मुद्दती निक्षेपको ब्याजदरमा उच्च बृद्धि गरेको कारण सो प्रतिशत ब्याजदर दिने भएको हो ।

साथै बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत बार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुनेगरी ब्याजदर दिने भएको छ ।

३ महिना अवधिको लागि अन्य बैंकहरुले असोज महिनाको लागि हालसम्म प्रकाशित गरेको ब्याजदर मध्येमा यस बैंकले प्रकाशित गरेको संस्थागत तथा व्यक्तिगत ब्याजदर उच्च रहेको बैंकको दाबी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*