सानिमा बैंकले ल्यायो ‘दशैं बम्पर अफर’ योजना, मुद्दती खातामा ९.५१% ब्याजका साथै १० लाख सम्मको दुर्घटना बीमा

३ आश्विन २०७८, आईतवार १७:०१

काठमाडौं । सानिमा बैंकले नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गर्दै ‘दशैं बम्पर अफर’ ल्याएको छ । बैंकले उक्त अफर अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ प्रतिशतसम्म उच्च मासिक ब्याजदर प्रदान गर्ने भएको छ ।

साथै असोज १ गतेदेखि लागू भएको उक्त योजना अन्तर्गत मुद्दती खातामा सो प्रतिशत ब्याजदर, खाता खोल्दा पहिलो बर्षका लागि डेबिट, क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले ल्याएको उक्त अफर योजना अन्तर्गत बचत खातामा ५ प्रतिशतसम्म ब्याजदर, दुर्घटना मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख सम्मको दुर्घटना बीमा, ३ लाख बराबरको रोगको बीमा, ५० हजार बराबरको मेडिकल बीमा, बार्षिक ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार बराबरको स्वास्थ्य परिक्षण सेवा ग्राहकहरुलाई प्रदान गरिनेछ ।

One thought on “सानिमा बैंकले ल्यायो ‘दशैं बम्पर अफर’ योजना, मुद्दती खातामा ९.५१% ब्याजका साथै १० लाख सम्मको दुर्घटना बीमा

  1. Nunu Lal Shah says:

    Yo offer Kati amount samma lai ho?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*