सर्लाहीमा बीमा सचेतना सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयर महत्तोको प्रतिबद्धता
काठमाडौं । बीमा समितिले आयोजना गरेको बीमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। उक्त अन्तक्रिया कार्यक्रम सर्लाहीको वरहधवा नगरपालिका आज सम्पन्न गरिएको हो ।
समितिले आयोजना गरेको उक्त कार्यक्रम वरहधवा नगर पालिका मेयर देवान्नद महत्तो, उपमेयर सिता माझी सहित वडा अध्यक्ष, प्रशाासकिय अधिकृछ भिम बहादुर भुजेल र जनप्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा क्षेत्रमा रहेको समस्या र वर्तमानमा कस्तो चुनौती रहेको भन्ने विषयमा छलफल गरिएको थियो । बीमा समितिका निर्देशक दिनेश कुमार लाल, सहायक निर्देशक पुर्ण बहादुर थापा र हृदयश्वर पण्डितको उपस्थितिमा सो क्षेत्रमा रहेको बीमा कम्पनीका शाखा प्रमुख तथा अन्य कर्मचारीहरुसँग छलफल गरी सचेतना तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रम प्रभावकारी भएको बीमा समितिका निर्देशक लालले बताए । छलफल कार्यक्रममा वरहधवा नगर पालिका मेयर देवान्नद महत्त्ले बीमाको दाबी भुक्तानीमा सरलीकृत गर्ने कुरामा बिशेष ध्यान दिन बीमा समितिलाई आग्रह गरेको थियो । बीमा दाबी भुक्तानी झन्झटीले हुँदा कम्पनीप्रति बीमितको विश्वास घट्ने हुँदा यस बिषयमा समितिलाई बिेशष ध्यानाकर्षण गराएका थिए ।
छलफलमा सहभागीहरुले कोरोना बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमा कम्पनीहरुलाई धेरै नै सम्स्याहरु सिर्जना भईरहेको जसको कारण यसमा बीमा समितिलाई बिशेष ध्यानाकर्षण गराएको छ ।कार्यक्रममा प्रदेश प्रमुख , क्षेत्रीय प्रमुख, उक्त क्षृत्रका जनप्रतिनिधिहरु, वडा अध्यक्ष, निर्वाचित जनप्रतिनिधिहरु, कृषक, स्थानीय तहमा रहेका बीमा कम्पनीका शाखा प्रमुखहरु, उद्योग बाणिज्य महासंघका प्रतिनिधि, शिक्षक, कृषक, व्यापारी लगायतको विभिन्न कम्पनीका शाखा प्रमुखहरु सहितको उपस्थितीमा सम्पन्न गरिएको छ