हिमालयन रि इन्स्योरेन्सको सिईओमा चन्द्रशेखरन रामामुर्ती नियुक्त
१ आश्विन २०७८, शुक्रबार १८:५८
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी (सिईओ) पदमा चन्द्रशेखरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् ।
कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म सीईओ नियुक्त गर्न सकेको थिएन ।