सहुलियत मूल्य पसल आजदेखि संचालनमा, कुन सामाग्रीमा कति छुट ?

१ आश्विन २०७८, शुक्रबार १३:५१

काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत मूल्य पसल संचालनमा ल्याएको छ । कम्पनीले ३९ जिल्लाका ४३ आउटलेटबाट आजदेखि कात्तिक २४ गतेसम्म सहुलियत मूल्य पसल संचालनमा ल्याएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईको प्रमुख आतिथ्यतामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय थापाथली काठमाडौंमा आज सहुयिलत मूल्य पसल उद्धाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले सहुलियत मूल्य पसलले उपभोक्तालाई सुपथ मूल्यमा खाद्य सामाग्री उपलब्ध गराउने बताएका छन् । साथै खाद्य सामाग्री सहित यस वर्ष खसि, बोका समेत बिक्री गरिने र प्रतिकेजी १० रुपैयाँ छुटमा बिक्री वितरण गरिने गरी स्टल आजैदेखि सुरु भएको जनाएका छन् । बजारलाई सन्तुलित र मूल्य बृद्धिलाई नियन्त्रित राख्न यी व्यवस्थाहरुले सहयोग गर्नेमा आफु विश्वस्त रहेको सचिव भट्टराईको भनाई छ ।

त्यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालयकी अध्यक्ष ज्ञानु थापाले उपभोक्तालाई अत्यधिक रुपमा राहत दिने उद्देश्यले ४ वटा बिक्री केन्द्रबाट दाल, चामल, तेल, आँटा जस्ता खाद्यान्न सामाग्रीहरुमा प्रतिकेजी ५ रुपैयाँका दरले छु्ट दिएर बिक्री वितरण गर्ने जनाएकी छिन् । उनले निर्देशित कोटा सय प्रतिशत पूरा गर्ने र उपभोक्ताको चापलाई हेरेर निर्देशित कोटा भन्दा पनि बढी थप्न व्यवस्थापन समक्ष अनुरोध गर्ने प्रतिबद्धता जनाएकी छिन् ।

कम्पनीले असोज १ गतेदेखि देशका ३९ जिल्लाका ४३ आउटलेटबाट सहुलियत मूल्यका पसल संचालनमा ल्याएको छ । साथै आवश्यक परेमा थप स्थानमा समेत विस्तार गरिने कम्पनीले जनाएको छ ।

काठमाडौं उपत्यकामा जनताको सुविधाको लागि थापाथली रामशाहपथ ललितपुरको नख्खु र भक्तपुरको सुर्यविनायक बिक्री काउन्टरबाट भौतिक उपस्थिमा बिक्री वितरण हुनेछ भने जनतालाई थप सुविधा उपलब्ध गराउन अनलाइन सेवाबाट समेत खाद्यान्न सामाग्रीमा छुट दिई निःशुल्क होम डेलिभरीको ब्यवस्था मिलाइएको छ । साथै आवश्यक परेमा अनकलबाट समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

काठमाडौ उपत्यकामा दशैं पर्वमा मासुको मूल्यमा कार्टेलिङ रोक्न मकवानपुर दाङ जिल्लाका किसानहरुबाट २ हजार गोटा खसिवोका र मुस्ताङबाट १ हजार गोटा च्याङग्रा खरिद गरि ल्याउने तयार भइरहेको कम्पनीले बताएको छ । उक्त खसिबोका तथा च्याङ्ग्रा घटस्थापना सम्ममा काठमाडौंमा आईपुग्नेछ ।

व्यापार कम्पनीका अुनसार दुर्गम जिल्लाहरुमा खाद्यान्न अभाव हुन नदिन हेलिकप्टर, हवाईजहाज र पैदल बाटो प्रयोग गरेर खाद्यान आपूर्तिको ब्यवस्था मिलाईएको छ । साथै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाईन पोर्टलहरु https://www.nepalfood.gov.np/https://www.sastodeal.com/ , https://www.mukundo.com/ , https://gogo20.com/ बाट पनि डेलिभिरीको व्यवस्था गरिएको जनाएको छ ।

गत वर्षको तुलनामा सहुलियत मूल्य पसल यस वर्ष एक साताअघि देखि नै संचालनमा आएको हो । गत वर्ष घटस्थापनाको १५ दिन अघि मात्रै उक्त पसल संचालनमा आएको थियो ।

सुहुलियत मूल्य पसलमा चामल, दालमा प्रति के.जि ५ रुपैयाँ, खाने तेलहरुमा प्रति लिटर ५ रुपैयाँ देखी १० रुपैयाँ कर्णालीका सिमि र फापरको दानामा प्रति के.जी १० रुपैयाँ र जिउँदो खसि बोकामा प्रति के.जी १० रुपैयाँ छुट दिई बिक्री गर्ने ब्यवस्था मिलाईएको छ ।

खाद्यान्नको छुट मूल्य विवरण ः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*