चाडपर्व लक्षित आइएमईको डबलको डबलको डबल दशैं अफर सार्वजनिक

१ आश्विन २०७८, शुक्रबार ०७:३०

काठमाडौं । आइएमई नजिकिदै गएको दशैको अवसर पारी डबलको डबलको डबल अफुर सार्वजनिक गरेको छ । आज एक कार्यक्रमका बिच असोज १ गतेदेखी कात्तिक २६ गतेसम्म कायम हुने गरी कुल ५७ दिनका लागि उक्त अफर संचालनमा ल्याएको हो ।

अब उक्त अफर अनुसार विदेशबाट पठाएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेका हप्ता दुईजनालाई पठाएको रकमको डबल, रहेक महिना दुइजना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकम डबलको डबल पाउने छन् । साथै बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई रकमको डबलको डबलको डबल सम्म रकम प्रदान गरीनेछ । यसका साथै आइएमई पे मा रकम प्राप्त गर्दा २ सय रुपैया बोनस पाउने ब्यवस्था रहेको आईएमईले जनाएको छ ।

अफर सार्वजनिक गरेको कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, महाप्रबन्धक खिलेन्द्र पौडेल र आईएमई ब्रान्ड एम्बासडर दीपकराज गिरी र दीपाश्री निरौलाको पनि उपस्थिती रहेको थियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*