बेष्ट फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

३१ भाद्र २०७८, बिहीबार १४:०७

काठमाडा । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । फाइनान्सले आज भाद्र ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट वार्षिक साधारण सभा सम्पन्न गरेको हो । फाइनान्सको आज सम्पन्न साधारण सभाले आ.व २०७६/७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाइएको छ ।

फाइनान्सको यस साधारण सभाबाट संस्थापक शेयरधनी तर्फको संचालकमा लक्ष्मी श्रेष्ठ, राम चन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण शेयरधनी तर्फको संचालकमा राम श्रेष्ठ र खिमलाल पोड्याल नियुक्त भएका छन् ।

कमलादी काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको च्ुक्ता पँुजी रु.८२.८९ करोड रहेको छ । हाल फाइनान्स कम्पनीले १४ वटा शाखाबाट आफ्ना ग्राहक महानुभावलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*