भुक्तानी प्रणाली ‘नेपाल क्लियरिङ हाउस’मा रोजगारीको अवसर

३१ भाद्र २०७८, बिहीबार १३:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको कार्य गर्न अनुमति प्राप्त संस्था ‘नेपाल क्लियरिङ हाउस’ ले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

संस्थाले प्रोजेक्ट कोअर्डिनेटर, सिनियर टेक्निकल एनलाइस्ट, सिनियर फ्रन्ट इन्ड डेभलोपर्स, फ्रन्ड इन्ड डेभलोपर्स, बिजनेश एनलाइस्ट, क्यूए इन्जिनियर, इसीसी।आइपीएस इन्चार्ज, सपोर्ट एक्ज्युकिटिभ।एनलाइस्ट, सर्पोट।अपरेशन एक्ज्युकिटिभ, बिजनेश डेभलोपर्स एक्ज्युकिटिभ र डिजिटल मार्केटिङ एक्ज्युकिटिभमा एक–एक जना कर्मचारी माग गरेको हो । त्यस्तै, डेभलोपर्स।एनलाइस्टमा २ जना कर्मचारी मागेको छ ।

इच्छुक व्यक्तिले असोज १३ गतेसम्म संस्थाको आधिकारीक वेबसाइट https://www.nchl.com.np/ मा गई ‘Career‘ बटन क्लिक गरी दरखास्त दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*