नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत

३१ भाद्र २०७८, बिहीबार १२:२४

काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंकको ऋणपत्र सूचिकृत भएको छ । कम्पनीको ‘ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०६८÷८७’ नामक ऋणपत्र आज सूचिकृत भएको हो ।

बैंकको ८.५० प्रतिशत ब्याजदर रहेको १००० रुपैयाँ अंकित मूल्यको ३० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो । उक्त ऋणपत्र सूचिकृत पश्चात आइतबार देखि नै लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।

उक्त ऋणपत्र १० वर्षे अवधिको रहेको छ । कम्पनीले बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमार्फत सर्वसाधारणका लागि ऋणपत्र निष्काशन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*