दुई कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, कसको कति ?

३१ भाद्र २०७८, बिहीबार १२:००

काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेका मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयर आजदेखि लिलामी आएको छ ।

संस्थापक शेयर समूह तर्फको फाइनान्सको ९५ हजार १६६ कित्ता र बैंकको १ लाख ८१ हजार ४७० कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको हो ।

फाइनान्सले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैया र बैंकले १८५ रुपैया तोकेको छ । उक्त शेयर खरिदका लागि आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनी वा जो को व्यक्ति तथा संघ संस्थाले आजदेखि देखी कात्तिक ३ गते भित्र कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा सम्पूर्ण विवरण खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*