सानिमा लाइफको एकै दिन १७ करोडको कारोबार, यी हुन् सर्वाधिक खरिद बिक्री भएका १० कम्पनी

३० भाद्र २०७८, बुधबार १५:३७

काठमाडौं । बुधबार नेपाली शेयर बजारमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको मात्रै १७ करोड रुपैयाँ भन्दा बढिको कारोबार भएको छ । आजको सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा सानिमा लाइफ दोस्रो नम्वरमा छ । पहिलो नम्वरमा हिजोदेखि नै उत्कृष्ट कारोबार हुने अरुण भ्याली हाईड्रोपावर रहेको छ ।

आजको सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा तेस्रो नम्वरमा आईसीएफसी फाइनान्स परेको छ । सो कम्पनीको १५ करोडको कारोबार भएको छ । त्यस्तै, रैराङ हाईड्रोपावरको १४ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नेशनल हाईड्रोपावरको १३ करोड रुपैयाँको कारोबार हुँदा हिमालयन डिस्टीलरी र युनाइटेड मार्दी हाइड्रोपावरको १२ कारोड, अपि पावर कम्पनीको ११ करोड, माछापुच्छ्रे बैंकको ११ करोड र चिलिमे हाइड्रोपावरको ११ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार शेयर कारोबारमा खासै उत्साह देखिएको छैन । हकप्रद शेयरको हल्लाको कारण अत्याधिक माग भइरहेको अरुणभ्याली हाईड्रोपावरको शेयर कारोबार सबैभन्दा उच्च रहेको छ भने सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा दोस्रो नम्वरमा पर्न सफल भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*