लगातार ओरालो लाग्दै ४० अंकले घट्यो नेप्से, कारोबार पाँच अर्बमा सीमित

३० भाद्र २०७८, बुधबार १५:२५

काठमाडौं । बुधबार नेपाली शेयर लगानीकर्ताहरुको लागि सुखद रहेन । बुधबार कारोबार र मूल्य सूचांक दुवै घटेका छन् । यसअघि २० अर्बमाथि कारोबार हुँदै आएकोमा बुधबार जम्मा पाँच अर्ब ३६ करोड ८० लाख ९७ हजार २५१ रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार मात्रै नेप्से परिसूचक ४०.२६ अंकले घटेर २८८९.०३ बिन्दुमा पुगेको छ । बुधबार समग्र शेयर मूल्य सूचांक १.३७ प्रतिशतले घटेको छ । कूल कक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता शेयर कारोबार भएको छ ।

बुधबार सबै उपसमुहरु राताम्मे देखिएका छन् । सबैभन्दा धेरै फाइनान्स समुहको २.९८ प्रतिशत, होटल तथा पर्यटन क्षेत्रको २.२४ प्रतिशत, निर्जिवन बीमा उप समुहको २.०५ प्रतिशतले शेयर मूल्य घटेको छ । सबैभन्दा कम घट्नेमा सामूहिक लगानी कोष रहेको छ । सो उपसमुहको ०.२८ प्रतिशतले घटेको छ ।

केन्द्रीय बैंकले शेयर धितोमा ऋण लिन कडाई गर्दै एक व्यक्तिका लागि १२ करोड भन्दा बढि ऋण लिन नपाउने व्यवस्थासँगै शेयर मूल्य उच्च बिन्दुमा गिरावट आएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*