एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेका २ कम्पनीको संस्थापक शेयर भोलिदेखि लिलामीमा

३० भाद्र २०७८, बुधबार १२:५३

काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेको मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयर भोलिदेखि लिलामीमा आउने भएको छ ।

क्यापिटलको स्वामित्वमा रहेको मन्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर बोलकबोलमार्फत बिक्री गर्न लागेको हो ।

फाइनान्सले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ र बैंकले १८५ रुपैयाँ तोकेको छ । उक्त शेयर खरिदका लागि आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनी वा जो को व्यक्ति तथा संघ संस्थाले भोली (भदौ ३१ गते) देखी कात्र्तिक ३ गते भित्र कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा सम्पूर्ण विवरण खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*