नेशनल माइक्रोेफाइनान्स लघुवित्तको संस्थापक शेयर लिलामीमा, कसरी दिने आवेदन ?

३० भाद्र २०७८, बुधबार ११:१४

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक समुह तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ । आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुुक विद्यमान संस्थापक शेयरधनी वा जोे कोही व्यक्ति तथा संघ संस्थाले असोज १३ गते भित्र कम्पनीको बिक्री प्रबन्धक आरविवि मर्चेन्ट लिमिटेड टेकु काठमाडौंमा सम्पूर्ण विवरण खुलाई आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*