प्रभु क्यापिटलले ल्यायो ‘प्रभु लिटिल च्याम्प पिएमएस’ योजना, के–के छन् विशेषताहरु ?

२९ भाद्र २०७८, मंगलवार १३:३५

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु लिटिल च्याम्प पिएमएस’ योजना संचालनमा ल्याएको छ । क्यापिटलले बाल दिवसको अवसरमा उक्त योजना संचालनमा ल्याएको हो । क्यापिटलले व्यवसायसँगै संस्थागतरुपमा समाजमा आफ्नो तर्फबाट योगदान गर्ने उद्देश्यले यो योजना सुरुवात गरेको हो ।

उक्त योजनाअन्तर्गत क्यापिटलले भर्खरै जन्मिएका बच्चादेखि १६ बर्षसम्मको छोराछोरीको सुरक्षित भविष्यको लगानी गर्न चाहाने सेवाग्राहीलाई लगानी व्यवस्थापन सेवा प्रदान गर्नेछ ।

यो योजनामा नानीबाबुहरु पिएमएस सेवा लिनको लागि जोडिएपश्चात क्यापिटलले एउटा पिएमएस वापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्यालय खर्च व्यहोर्ने छ । साथै यस योजनामा जोडिएर आफ्ना छोराछोरीको उज्वल भविष्यलाई लक्षित गर्दै यो लगानी व्यवस्थापन सेवामा जोडिएर सामाजिक कार्यमा सहयोगी बन्न सक्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलले ‘हजुरको छोराछोरीको लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारासहित यो योजना सञ्चालनमा ल्याएको हो । यो योजनालाई क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर ‘होस्टे हैंसे’ नामक गैरसरकारी संस्थासँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्नेछ ।

‘प्रभु लिटिल च्याम्प पिएमएस’ योजनाका विशेषताहरु 
• न्यूनतम लगानी अवधिः ५ वर्ष
• हर्डल रेटः ८ प्रतिशत
• वार्षिक व्यवस्थापन शुल्क (एएमसी)ः २ प्रतिशत
• मुनाफामा लाग्ने शुल्कः २० प्रतिशत
• लक इन अवधिः ५ वर्ष
• लक इन अवधि अगावै योजना बन्द शुल्कः ३ प्रतिशत
• नाफा वितरणः न्यूनतम लगानी अवधि पश्चात
• गरीब तथा पिछडिएका बालबालिकालाई १ वर्षको लागि सम्पूर्ण विद्यालय खर्च क्यापिटलले स्पोन्सर गर्नेछ ।

प्रभु क्यापिटलले ल्याएको उक्त योजनामा नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेको शाखाबाट सहभागी हुन सकिनेछ । यसरी सहभागी भएका सेवाग्राहीहरुले आफ्नो लगानी व्यवस्थापन के कसरी भइराखेको छ भनेर अनलाइनबाटै दैनिक हेर्ने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।

साथै साप्ताहिक रुपमा दिइएको इमेलमा साप्ताहिक प्रतिवेदन प्राप्त गरी लगानीको अवस्था हेर्ने व्यवस्था मिलाइएको छ । उक्त सेवाको बारेमा थप जानकारी लिन चाहाने सेवाग्राहीले प्रभु क्यापिटलको वेवसाइट https://www.prabhucapital.com/ का साथै फोन नं. ०१–५९७०२०० तथा मोबाइल ९८४००७६२०० मा सम्पर्क सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*