नबिल ब्यालेन्सड् फण्ड–३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

२९ भाद्र २०७८, मंगलवार १३:०३

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड् फण्ड ३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । फण्डले भदौ २५ गतेदेखि भदौ २९ गतेसम्म १० करोड इकाई बिक्री खुल्ला गरेको हो ।

फण्डले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब बराबरको १० करोड इकाई निष्काशन गरेको हो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रबद्र्धक नबिल बैंकलाई र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले आज (भदौ २९) गते कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । आवेदकले न्यूनतम १०० इकाईको लागि र अधिकतममा १ करोड इकाईसम्मको लागि आवेदन दिन पाउनेछन् ।

१० वर्षे अवधि रहेको यस बन्दमुखी योजनामा नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले मेरो शेयर वेबसाइट वा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*