एक्सल डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन प्रयोजनका लागि बुकक्लोज मिति तय

२९ भाद्र २०७८, मंगलवार १२:४५

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) बन्द गर्ने मिति तय गरेको छ ।

बैंकको मिति २०७७ असार १४ गते सम्पन्न १४ औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम बैंकका शेयरधनीहरुमा ३० प्रतिशत अर्थात १०ः३ को अनुपातमा (विद्यमान १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको दरले) २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद शेयर निष्काशन प्रयोजनका लागि यहि असो १ गते एक दिनको लागि बुकक्लोज बन्द गर्ने भएको हो ।

जसअनुसार बुकक्लोज मिति भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्र हकप्रद शेयरको लागि दरखास्त दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*