मुस्ताङमा नेपाल टेलिकमको ‘थ्रीजी’ सेवा सुरु

२९ भाद्र २०७८, मंगलवार १२:३२

काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति गरेको छ । टेलिकमले मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा ‘थ्रीजी’ सेवा सुरु गरेको हो ।

टेलिकमले उपल्लो मुस्ताङमा रहेका दुईओटा बिटिएस टावरको स्तरोन्नति गरेर संचार सेवा सहज बनाएको छ । टेलिकमले दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’ को स्तरोन्नति गरेको छ । दुवै टावरको क्षमता बढाएर ‘थ्रीजी’ सेवा सुरु गरेको हो । यसभन्दा अघि उक्त क्षेत्रमा रहेको टावरमा ‘टुजि’ क्षमताको सेवा प्रवाह गरिएको थियो ।

त्यस्तै चार हजार मिटरको उचाईमा रहेको धेयरगाउँमा नयाँ बिटिएस टावर जडान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*