एनआईसी एशिया बैंकको ५ हजार बढी ७८१ कित्ता संस्थापक शेयर बिक्रीमा

२९ भाद्र २०७८, मंगलवार ११:२७

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ हजार ७८१ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका केही संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएकाले संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्न चाहाने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण कागजात सहित कम्पनीको रजिष्टार कार्यालय थापाथलीमा निवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*