प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकले संस्थापक शेयर आजदेखि बिक्रिमा

२९ भाद्र २०७८, मंगलवार १३:३२

काठमाडौं । प्रभु इन्स्योरेन्स र ज्योति विकास बैंकले संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको छ। इन्स्योरेन्सले ६ हजार ३६ कित्ता शेयर र बैंकले २९ हजार २५० कित्ता र लिलामीमा ल्याएको हो ।

प्रभु इन्स्योरेन्सले ३५० रुपैयाँ र ज्योति विकास बैंकले न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैया तोकेको छ । जसअनुसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले वा जो कोही ब्यक्ति तथा संघ संस्थाले न्यूनतम १ हजार कित्ता देखी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्ने सक्नेछन् ।

यी दुई कम्पनीको शेयर खरिद गर्न चाहने शेयरधनीले कात्तिक ३ गतेसम्म बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार मार्ग कमलादी काठमाडौंमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*