नबिल ब्यालेन्स्ड फण्डमा एक लाख बढीले दिए आवेदन

२८ भाद्र २०७८, सोमबार १८:०३

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित ‘नबिल म्युचुअल फण्ड–३’ मा एक लाख बढीको आवदेन परेको छ । फण्डले इकाई निष्काशन तथा विक्री खुल्ला गरेको तेस्रो दिनसम्म १.५१ गुणाले ओभरसब्सक्राइब्ड भएको हो ।

यो एक बन्दमुखी योजना हो । फण्डले भदौ २५ गतेदेखि १० करोड इकाई निष्काशन गरेको हो । यो समाचार तयार पार्दासम्म यस योजनामा १ लाख ४ हजार बढीको आवेदन परेको छ ।

१० वर्षे अवधि रहेको यस फण्डमा न्यूनतम १०० इकाई देखि १ करोड इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । इकाईको निष्काशन छिटोमा भदौ २९ गतेसम्म आवदेन दिन सकिनेछ ।

उक्त इकाईमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै इच्छुक लगानीकर्ताले मेरो शेयर सफ्वेयर वा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*