अब एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने

२८ भाद्र २०७८, सोमबार १६:५०

काठमाडौं । विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने सुविधा संचालनमा ल्याएको छ । खल्तीका ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने छन् ।

उक्त सेवा प्रांप्त गर्न चाहने ग्राहकहरुले आफ्नो खल्ती केवाईसी अनिवार्य भरिफाई गराएको हुुनुुपर्न छ । नया प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्नेछन् । एभरेष्ट रेमिट मार्फत विदेशबाट पैसा पठाउन सरल र सहज हुनका साथै समय वा पैसा बचत गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास खल्ती वालेटले लिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*