नेप्सेमा सामान्य सुधार, ९ अर्ब २९ करोड माथिको शेयर कारोबार

२८ भाद्र २०७८, सोमबार १५:१५

काठमाडौं । साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ । आज २ दशमलव २७ अंकले शेयर बढेर २९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज दिनभरीमा २२६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता शेयर खरिदबिक्रि हुँदा ९ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ।

आज दुई बीमा कम्पनी र एक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। अजोड इन्स्योरेन्सको शेयर, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफको शेयर सकारात्मक सर्किट लागेको छ।कालिका हाईड्रोपावर, रैराङ र ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

आज अरुण भ्याली हाईड्रोपावरको ६१ करोड ९३ लाख रुपैयाँ र युनाईटेड मोदी हाईड्रोपावरको ४७ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*