आर्कस क्यापिटलको वार्षिक साधारण सभा असोज २० गते, के–के छन् एजेण्डा ?

२८ भाद्र २०७८, सोमबार ११:५५

काठमाडौं । आर्कस क्यापिटल एडभाइजर्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरको छ । कम्पनीले सभा असोज २० गते डाकेको हो ।
कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सभा रजिष्टार्ड कार्यालयमा दिउँसो २ बजे सुरु हुने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको वार्षिक प्रतिवदेन वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्नेछ ।

साथै आव २०७८।७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, संचालकहरुको सेवा सुविधा निर्धारण गर्ने एजेण्डा रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*