ज्योति विकास बैैंक र प्रभु इन्स्योरेन्सको संस्थापक शेयर भोलिदेखि लिलामीमा
काठमाडौं । ज्योति विकास बैंक र प्रभु इन्स्योरेन्स लिमिटेडको संस्थापक शेयर भोलीदेखि बिक्रीमा आउने भएको छ । बैंकले २९ हजार २५० कित्ता र इन्स्योरेन्सले ६ हजार ३६ कित्ता शेयर लिलामीमा ल्याउन लागेको हो ।
ज्योति विकास बैंकले न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैया र प्रभु इन्स्योरेन्सले ३५० रुपैया तोकेको छ । जसअनुसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीले वा जो कोही ब्यक्ति तथा संघ संस्थाले न्यूनतम १ हजार कित्ता देखी अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्ने सक्नेछन् ।
यी दुई कम्पनीको शेयर खरिद गर्न चाहने शेयरधनीले कात्तिक ३ गतेसम्म बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड हात्तिसार मार्ग कमलादी काठमाडौंमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ ।