प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन

२८ भाद्र २०७८, सोमबार ११:१४

काठमाडौं । प्रभु बैंकको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता शेयर बोलकबोलमा भदौ २८ गतेसम्म बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैया तोकेको छ । जसअनुसार आवेदकले सो वा सोेभन्दा बढी मूल्य अंकित गरी शेयर खरिदका लागि बोलकबोल गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनी वा जो कोही ब्यक्ति संघ संस्थाले न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र प्राप्त आवेदन भदौ ३० गते बिहान १० बजे बिक्री प्रबन्धक मुुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय हात्तिसारमार्ग कमलादी काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*