एनआइसी एशिया बैंकका स्वतन्त्त संचालक श्रेष्ठको कार्यकाल समाप्त

२८ भाद्र २०७८, सोमबार ११:०९

काठमाडौं । एनआइसी एशिया बैंकको स्वतन्त्र संचालक गणेशमान श्रेष्ठको कार्यकाल सकिएको छ । बैंकले नेप्सेमार्फत जानकारी गराएको सूचनामा उक्त पदमा रहेका श्रेष्ठको कार्यअवधि समाप्त भएको जनाएको हो ।

बैंकको संचालक समितिको बैठकले मिति २०७४ भदौ २८ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई मिति २०७८ भदौ २७ गतेसम्म चार वर्षका लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेकोमा उनको कार्यकाल समाप्त भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*