१९ जीवन बीमा कम्पनीको कूल लगानी तीन खर्ब ४३ अर्बमाथि, मुद्दतिको विकल्प तयार भएन

२७ भाद्र २०७८, आईतवार १९:४४

काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा सञ्चालित कूल १९ वटा जीवन बीमा कम्पनीहरुले कूल तीन खर्ब ४३ अर्ब ३७ करोड ५७ लाख २३ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका छन् ।

बीमा समितिले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र, क बर्गको बैंकमा मुद्दति निक्षेप, नेपाल पूर्वाधार विकास बैंक, घरजग्गा, सूचिकृत पब्लिक कम्पनीको साधारण शेयर, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार प्राप्त शेयर, डिवेन्चर, कृषि, पर्यटन तथा जलस्रोत लगायतका पूर्वाधार, सामूहिक लगानी कोष र अन्य क्षेत्रमा सो मात्रामा लगानी गरिएको हो ।
नेपाल लाईफले कूल ९२ अर्ब २४ करोड ५३ लाख ७४ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानले ३१ अर्ब ५८ करोड ९३ लाख १४ हजार रुपैयाँ लगानी गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३९ अर्ब ५३ करोड ६४ लाख ३३ हजार रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको छ भने दोस्रो ठूलो बीमा कोष भएको कम्पनी एलआईसी नेपालले ६४ अर्ब ८९ करोड ७० लाख ७५ हजार रुपैयाँ लगानी गरेको छ । मेट लाइफ इन्स्योरेन्सले २२ अर्ब ५९ करोड ३५ लाख १६ हजार रुपैयाँ बैंकको मुद्दति निक्षेप र ऋणपत्रमा लगानी गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २४ करोड ६० करोड एक लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ भने सूर्या लाइफ इन्स्योरेन्सले १० अर्ब ९७ करोड छ लाख ८१ हजार रुपैयाँ लगानी गरेको छ । गुराँस लाइफको कूल लगानी ११ अर्ब १० करोड १९ लाख ६३ हजार रुपैयाँ लगानी गरेको छ ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ८७ करोड ६७ लाख ९७ हजार रुपैयाँ कूल लगानी गरेको छ भने युनियन लाइफले सात अर्ब ८१ करोड ९८ लाख २२ हजार रुपैयाँ कूल लगानी गरेको छ ।

त्यस्तै ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तीन अर्ब ६६ करोड ७९ लाख ८५ हजार, सन नेपाल लाईफले चार अर्ब २० करोड ५६ लाख ९० हजार रुपैयाँ, रिलायन्स लाइफले पाँच अर्ब १० करोड ३२ लाख १२ हजार, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स पाँच अर्ब ७० करोड २० लाख ६८ हजार रुपैयाँ कूल लगानी गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले तीन अर्ब ३६ करोड सात लाख ३५ हजार, सानिमा तीन अर्ब ३६ करोड सात लाख ३५ हजार रुपैयाँ, प्रभु लाइफ इन्स्योरेन्सले तीन अर्ब ८९ करोड ७६ लाख १७ हजार, महालक्ष्मी लाइफले दुई अर्ब ३८ करोड २० लाख ९५ हजार रुपैयाँ लगानी गरेका छन् ।
१९ वटा जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचत तथा ऋणपत्रमा दुई अर्ब चार करोड ५३ लाख २५ रुपैयाँ लगानी गरेका छन् । क बर्गको बैंकको मुद्दति निक्षेपमा दुई ४३ अर्ब ५५ करोड ५२ लाख ६१ हजार रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, नेपाल पूर्वधार विकास बैंकको मुद्दति निक्षेपमा पाँच कम्पनीको मात्रै २० करोड ५० हजार रुपैयाँ लगानी गरेका छन् । घरजग्गामा गरिएको लगानी ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ लगानी छ । त्यस्तै सूचिकृत पब्लिक कम्पनीको साधारण शेयरमा ११ अर्ब ९३ करोड ६८ लाख ६८ हजार रुपैयाँ लगानी गरेका छन् । त्यस्तै क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा १८ अर्ब २९ करोड ७९ लाख ४८ हजार रुपैयाँ लगानी छ ।

त्यस्तै सूचिकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चरमा २१ अर्ब ५४ करोड ५५ लाख ६८ हजार रुपैयाँ लगानी गरेका छन् । त्यस्तै कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा तीन अर्ब नौ करोड ८१ लाख ९९ हजार रुपैयाँ लगानी गरेका छन् ।

सामूहिक लगानी कोषमा ७८ करोड ६१ लाख ५१ हजार रुपैयाँ लगानी गरेका छन् भने ख बर्गको विकास बैंकको मुद्दति निक्षेपमा ३१ अर्ब ८६ करोड ६२ लाख ९५ हजार रुपैयाँ लगानी गरिएको छ । ग बर्गको फाइनान्स कम्पनीहरुमा तीन अर्ब १३ करोड ७० लाख रुपैयाँ लगानी रहेको छ भने अन्य लगानीमा छ अर्ब ५४ करोड पाँच लाख ७४ हजार रुपैयाँ लगानी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*