ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासनका लागि पायो ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ

२७ भाद्र २०७८, आईतवार १७:२७

काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासनका लागि रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ प्रदान गरेको छ ।बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ प्रदान गरेको हो ।

बैंकले ४ अर्ब ५० करोड रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नको लागि रेटिङ गराएको हो । बैंकले धितोपत्र बोर्डमा भने ऋणपत्र निष्कासन गर्न आवेदन दिईसकेकोे छ्रन । बोर्डले अनुमती प्रदान गरेपश्चात मात्र बैंकले ऋणपत्र निष्काशनको प्रकृया अघि बढ्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*