पछिल्लो २४ घण्टामा ९११ जना कोरोना संक्रमण हुँदा १४२३ जना संक्रमणमुक्त
२७ भाद्र २०७८, आईतवार १६:२१
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १८ जनाको पीसिआर परीक्षणमा ८३८ जना र एन्टिजेन परीक्षणमा ७३ जना गरी कुल ९११ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोही अवधिमा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् ।