१३ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

२७ भाद्र २०७८, आईतवार १५:३१

काठमाडौं । साताको पहिलो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच भएको छ । साताको पहिलो दिन नेप्से ७१.४३ अकंले बढ्दा करिब साढे ९ अर्ब बराबरको कारोबार भएको छ ।

आज नेशनल हाईड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माईक्रो फाइनान्स डेभलपमेन्ट बैैंक, अपि पावर, अरुण काबेलि पावर, छ्याङ्दि हाईड्रोपावर, पाँचथर पावर, लिबर्टी इर्नजी र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै
साथै, हिमालयन पावर, सिर्नजी पावर डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर र शिवश्री हाईड्रोपावरको सर्किट लेभलमा कारोबार भइ सर्वाधिक कमाउन सफल भएका छन् ।


त्यस्तै, गुमाउने कम्पनीहरुमा सिटिजन म्युटुल फण्डको ३.५८ प्रतिशत अकं, रैराङ हाईड्रोपावरको २.२४ प्रतिशत अकं, एनआईसी एशिया ग्रोथ फण्डको २.०५ प्रतिशत अकं र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको १.९६ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*