नेशनल लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

२७ भाद्र २०७८, आईतवार १५:०६

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी बापतको रकम भुक्तानी गरेको छ। कम्पनीको दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले खरेललाई घातक रोग दाबी भुक्तानी वापत बीमाङ्क ५० लाख बराबरको रकम हस्तान्तरण गरेको हो ।

दमक शाखाले ठूलो आन्द्रामा क्यान्सर भएका कम्पनीका बरिष्ठ अभिकर्ता एवं बीमित नारायण प्रसाद खरेललाई रकम हस्तान्तरण गरेकोे हो ।
। झापाको दमक ५ निवासी खरेलले २०७७ साल असोज २६ गतेका कम्पनीमा १० बर्ष अवधिका लागि ५० लाखको जीवन बीमा गरेको थियो। खरेलले कम्पनीमा पहिलो किस्ता वापत ७ लाख २२ हजार ९ सय भुक्तानी गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*