कामना सेवा विकास बैंकद्धारा ज्ञानेश्वर चोकमा ट्राफिक बत्ति जडान

२७ भाद्र २०७८, आईतवार १३:३३

काठमाडौं । कामना सेवा विकास बैंकले ट्राफिक लाइट जडान गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वर चोकमा सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक बत्ति जडान गरेको हो ।

वडा नं. ३० का वडाध्यक्ष दल बहादुर कार्कीको उपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईलाई ट्राफिक बत्ति हस्तान्तरण गरेका हुुन ।

ज्ञानेश्वर चोकमा ट्राफिक बत्ति नहँुदा सास्ती हुने गरेकोमा उक्त बत्ति जडानसंगै अब सहज हुने विश्वास ट्राफिक प्रहरीले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*