प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

२७ भाद्र २०७८, आईतवार १२:१८

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भोलि (भदौ २८ गते) अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता शेयर बोलकबोलमा बिक्रीमा ल्याएको हो ।

कम्पनीले सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकेको छ । जसअुनसार आवेदकले सो वा सो भन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्नेछ ।

उक्त शेयरमा आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ ।

साथै, तोकिएको अवधि भित्र प्राप्त आवेदन भदौ ३० गते बिहान १० बजे बिक्री प्रबन्धक मुुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय हात्तिसारमार्ग कमलादी काठमाडौंमा खोलिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*