साताको पहिलो दिन ४ सयले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

२७ भाद्र २०७८, आईतवार ११:४३

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाले घटेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार साताको पहिलो दिन छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँ र तेजावि सुन ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ र तेजावि सुनको मूल्य ९० हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज भने २० रुपैयाँले घटेर प्रतितोला १ हजार १९५ कायम गरिएको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*