इन्फिनिटी लघुवित्तको संचालकमा रमेश कुमार कर्माचार्य नियुक्त

२७ भाद्र २०७८, आईतवार ११:०३

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा नयाँ संचालक परिवर्तन गरेको जनाएको हो ।

कम्पनीको भदौ २६ गते संचालक समितिको बसेको ७० औं बैठकले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालकमा रमेश कुमार कर्माचार्यलाई नियुक्त गरेको हो । साथै नवनियुक्त संचालक कर्माचार्यले संस्थाका अध्यक्ष खेमराज नेपालसमक्ष पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*