राष्ट्र बैंकद्धारा विदेशी विनियम कारोबार गर्न एकीकृत परिपत्र–२०७६ संशोधन

२६ भाद्र २०७८, शनिबार ०७:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न एकीकृत परिपत्र–२०७६ मा संशोधन र थप व्यवस्था गरेको छ। राष्ट्र बैंकले इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन र थप हुने व्यवस्था गरेको हो ।

राष्ट्र बैंक एक निर्देशिका जारी गर्दै विदेशी विनिमय कारोबारमा संशोधन र थप व्यवस्था गरेको हो। अब नेपालका कुनै पनि बैंकले युसान्स आयात प्रतीतपत्रको कागजात (एलसी डकुमेन्ट) डिस्काउन्ट गर्न नपाउने व्यवस्था गरेको हो ।

त्यस्तै, उद्योग स्वयंमले आफ्नो प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ र मेसिन तथा अन्य यन्त्र उपकरण आयात गर्दाको साइट एलसीको भुक्तानी गर्ने प्रयोजनका लागि अधिकतम ९० दिनसम्मका लागि आयातकर्तालाई परिवर्त्य विदेशी मुद्रामा ऋण दिन पाउने व्यवस्था भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*