राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

२६ भाद्र २०७८, शनिबार ०७:१४

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा आज हुँदैछ । संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको हो ।

आज शनिबार अपरान्ह २ बजे संस्थानको प्रधान कार्यालय रामशाहपथ, काठमडौंको हलमा बार्षिक साधारणसभा हुनेछ । साधाचरणसभामा साधारण प्रस्तावको रुपमा वित्तीय विवरण पास गर्ने प्रस्ताव र विविध शिर्षकमा कुनै पनि विषय प्रस्ताव गरिएको छैन । नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल बैंकको शेयर रहेको संस्थानमा सोही निकायका प्रतिनिधिहरुको उपस्थितिमा साधारणसभा सम्पन्न हुनेछ ।

पूर्ण सरकारी लगानीको संस्थानले बार्षिक साधारणसभाबाट वित्तीय विवरणहरु पारित गर्ने तथा नयाँ लेखा परिक्षक नियुक्ती गर्ने निर्णयहरु पारित गर्ने प्रस्ताव सभामा लैजाने छ । कम्पनीले आव २०७२।०७३, २०७३।०७४ र २०७४।०७५ को लेखा परिक्षणको लागि नन्द किशोर शर्मा र केशव न्यौपानेलाई संयुक्त रुपमा नियुक्त गर्ने तथा निजहरुको पारिश्रमिक अनुमोदनको निर्णय गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*