संशोधित बजेटमा समेटिएन कोरोना बीमा, नौ अर्बभन्दा बढि दायित्व बीमा समिति र २० बीमा कम्पनीको काँधमा

२५ भाद्र २०७८, शुक्रबार १७:४१

काठमाडौं । सरकारले आज संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा कोरोना बीमाको विषय समेटिएको छैन ।

अर्थमन्त्रालय स्रोतका अनुसार कोरोना बीमा मापण्ड २०७७ ले सिर्जना गरेको नौ अर्बभन्दा बढि दायित्व भुक्तानी गर्न अर्थमन्त्रालय तयार नभएकोले प्रतिस्थापन बजेटमा नराखिएको हो ।

अर्थमन्त्रालयले संशोधित बजेटमा समेत कोरोना बीमाले सिर्जना गरेको नौ अर्बभन्दा बढि दायित्वबारेमा एक शब्द पनि उल्लेख नगरेपछि कोरोना बीमाको दायित्व अब बीमा समिति र २० वटा निर्जिवन बीमा कम्पनीको काँधमा आएको छ । कोरोना बीमाले सिर्जना गरेको कूल साढे १३ अर्बभन्दा बढि दायित्व मध्ये साढे तीन अर्ब रुपैयाँ २० वटा बीमा कम्पनी, बीमा समिति र नेपाल पुनर्बीमा कम्पनीको काँधमा आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*