कृषि बीमा शुल्क अनुदान ८० प्रतिशत पुर्याइने प्रस्ताव संसदमा, प्रतिस्थापन विधेयकमार्फत ओली सरकारको किसान विरोधी नीति सच्याइयो

२५ भाद्र २०७८, शुक्रबार १६:०२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि बीमा शुल्कमा विगतका अर्थमन्त्री विष्णु पौडेलले गरेको कटौती खारेज गर्दै पुनः ८० प्रतिशत कृषि बीमा शुल्कमा अनुदान दिने प्रस्ताव संसदमा प्रस्तुत गरेका छन् ।

गत जेठ १५ गते अध्यादेशमार्फत सार्वजनिक गरेको अध्यादेश बजेटमा माथि प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री डा. शर्माले बाली तथा पशु बीमामा दिइदै आएको अनुदान ५० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत बृद्धि गर्ने निर्णय गरेका हुन् ।

स्मरणरहोस्, बीमापोष्टले किसानले पाउने बाली तथा पशुबीमा शुल्क अनुदान कटौतिका विरुद्धमा राजनीतिक तथा प्रशासनिक अभियान सञ्चालन गर्दै आएको थियो ।

अध्यादेश बजेट प्रतिस्थापन विधेयक संसदबाट पारित भएपछि किसानले हाल पाउँदै आएको ५० प्रतिशत बीमा शुल्क अनुदान बृद्धि भई ८० प्रतिशत अनुदान लागू हुनेछ । नयाँ व्यवस्थासँगै बाली तथा पशु बीमा गर्ने किसानले कूल बीमा शुल्कको २० प्रतिशत मात्रै बीमा शुल्क भुक्तानी गरे पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*