राष्ट्रिय बीमा संस्थानको साधारणसभा भोलि, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा भोलि भदौं २६ गते आह्वान गरेको छ । आज सूचना प्रकाशित गर्दै संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको हो।
आज प्रकाशित सूचना अनुसार भदौं २६ गते शनिबार अपरान्ह २ बजे संस्थानको प्रधान कार्यालय रामशाहपथ, काठमडौंको हलमा बार्षिक साधारणसभा हुनेछ । साधाचरणसभामा साधारण प्रस्तावको रुपमा वित्तीय विवरण पास गर्ने प्रस्ताव र विविध शिर्षकमा कुनै पनि विषय प्रस्ताव गरिएको छैन ।
पूर्ण सरकारी लगानीको संस्थानले बार्षिक साधारणसभाबाट वित्तीय विवरणहरु पारित गर्ने तथा नयाँ लेखा परिक्षक नियुक्ती गर्ने निर्णयहरु पारित गर्ने प्रस्ताव सभामा लैजाने छ । कम्पनीले आव २०७२।०७३, २०७३।०७४ र २०७४।०७५ को लेखा परिक्षणको लागि नन्द किशोर शर्मा र केशव न्यौपानेलाई संयुक्त रुपमा नियुक्त गर्ने तथा निजहरुको पारिश्रमिक अनुमोदनको निर्णय गर्नेछ ।संस्थानले लाभांश वितरण सम्बन्धी प्रस्ताव साधारणसभामा पेश गरेको छैन । सरकारी लगानीको संस्थान चुक्ता पुँजिको आभाव अप्ठेरो अवस्थाबाट गुज्रिरहेको छ भने जगेडा कोषमा ठूलो रकम थुप्रिएको छ ।