नबिल बैंक, राष्ट्रिय युवा परिषद् र पञ्चेव्श्रोर गाउपालिकाबीच त्रिपक्षीय सम्झौता

२५ भाद्र २०७८, शुक्रबार १५:२५

काठमाडौं । नबिल बैंकले राष्ट्रिय युवा परिषद पञ्चेव्श्रोर गाउपालिका बैतडीसंग त्रिपक्षीय सम्झौता भएको छ । युवा उद्यमशिलता र स्वरोजगारी प्रबद्धन गदै युवालाई स्वारोजगारी बनाउने उद्देश्यले उक्त सम्झौता गरेको हो ।

उक्त सम्झौतापत्रमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद् भक्तपुरका प्रशासकीय प्रमुख डा. बाबुराम ढुङाना र गाउपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार पञ्चेव्श्रोर गाउपालिकाका स्थानिय युवालाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन रोजगारी सिर्जना र उद्यम प्रवर्दधन गर्न लक्ष्य राखेको छ । नबिल बैेंकले सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न वर्गलाई लक्षित गरि दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*