नेपाल पुनर्बीमा कम्पनीद्वारा ब्रोकरको नामावली सार्वजनिक, भारत, सिंगापुर, दुबईका बहुराष्ट्रिय कम्पनी जोडिए

२५ भाद्र २०७८, शुक्रबार १५:२७

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा ब्रोकरहरुको नामावली सार्वजनिक गरेको छ । कम्पनीले भारत, सिंगापुर र दुबई लगायतका देशमा रहेका २६ वटा पुनर्बीमा कम्पनीको सूचि सार्वजनिक गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागी पुनर्बीमा ब्रोकरहरुको सूचि सार्वजनिक गरेको हो । कम्पनीले सार्वजनिक गरेका ब्रोकर मध्ये अधिकांश छिमेकी मुलक भारतमा रहेका कम्पनीहरु छन् । सो सूचिमा नेपाली कम्पनीहरु भने छैनन् ।

नेपालमा नेपाल रि–इन्स्योरेन्स कम्पनीले नेपालमा सञ्चालित बीमा कम्पनीहरुबाट २० प्रतिशत व्यवसायको अनिवार्य पुनर्बीमा गर्दै आएको छ । अधिकांश नेपाली बीमा कम्पनीहरूले विदेशका विभिन्न पुनर्बीमा कम्पनी या ब्रोकरमार्फत पुनर्बीको व्यवसाय गर्दै आएका छन् । पुनर्बीमा कम्पनीले नेपालमा व्यवसाय भित्राउन विदेशस्थित पुनर्बीमा ब्रोकर कम्पनसँग सहयकार्य गर्र्दै आएको छ । गत आर्थिक वर्षमा नेपाल पुनर्बीमा कम्पनीले ३० भन्दा बढि देशबाट करोडौं रुपैयाँ पुनर्बीमा शुल्क आम्दानी गरेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले आफ्नो जोखिमभारलाई अन्य पुनर्बीमकमा हस्तान्तरण गर्नको लागी नेपाल रि रेट्रो प्रोग्राम अन्तर्गत पुनर्बीमा दलालहरुको नामावली सार्वजनिक गरेको हो । रेट्रोसेशन मार्फत कम्पनीले प्राप्त गर्ने व्यवसायको आधारमा दलाल कम्पनीमार्फत् जोखिम बाँडफाँड सम्बन्धी सम्झौता गरेको हुन्छ ।

पुनर्बीमा दलाल भनेको बीमा कम्पनी र पुनर्बीमा कम्पनी बीच जोखिम तथा बीमा शुल्क बाँडफाँड गर्ने कार्य हो । पुनर्बीमा ब्रोकरले दुई पक्ष बीच पुलको काम गर्दछन् । यस्तो कम्पनीले पुनर्बीमा कम्पनी तथा बीमा कम्पनीको अध्ययन अनुसन्धान गरी जोखिम निर्धारण गर्छ ।
दलाल कम्पनीहरु प्राविधिक रुपमा दक्ष हुने भएकोले पुनर्बीमामा यसको धेरै नै महत्व हुन्छ । त्यसैले पुनर्बीमा प्रक्रियामा दलालको ठूलो हात रहन्छ । नेपालमा भने हालसम्म यस्तो दलालको दलालको व्यवस्था गरिएको छैन ।

बीमा ऐन २०४९ को धारा ३० मा दलाल दर्ता सम्बन्धी व्यवस्था गरिएको छ । ऐन अनुसार दलालका लागि निवेदन प्राप्त भएमा समितिले जाँचबुझ गरेर इजाजत पत्र दिनसक्नेछ ।

पुनर्बीमा कम्पनीले जारी गरेको पुनर्बीमा ब्रोकरहरुको सूचिः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*