महालक्ष्मी विकास बैंकद्धारा विद्युत महसुल सहजिकरण गर्ने नेपाल विद्युत प्राधिकरणसँग सम्झौता

२५ भाद्र २०७८, शुक्रबार १५:१४

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरु तथा सर्वसाधारणलाई विद्युत महसुल सहजिकरण गर्ने उद्देश्यले प्राधिकरणसंग सम्झौता गरेको हो ।

सम्झौतापत्रमा प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन । अब बैंकका ग्राहक वा सर्वसाधारणले खपत गरेको विद्युत महशुल बैकको मोबाइल मार्फत वा काउन्टरमा गई भूक्तानी गर्न सक्नेछन् । उक्त सम्झौता अनुरुप मासिक ५ सय रुपैयाको विद्युत महशुल भुक्तानी गर्दा निःशुल्क र ५ लाख रुपैयासम्मको महशुल भुक्तानीमा ५ रुपैया मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*