गोर्खास फाइनान्सको बार्षिक साधारण सभा असोज १८ गते, बुक क्लोज मिति तय

२५ भाद्र २०७८, शुक्रबार १४:०९

काठमाडौं । गोेर्खास फाइनान्सको यस अघि स्थगित भएका साधारण सभाको मिति तय गरेको छ । कम्पनीकोे स्थगित २६ औं वार्षिक सधारण सभा असोज १८ गते गर्ने भएको हो ।

भदौ २४ गते बसेको संचालक समितिको बैंठकले कम्पनीकोे २६ औ सभा असोज १८ गते बिहान ११ बजे क्राउन इम्पेरियल सोल्टीमोडमा भौतिक उपस्थिती तथा भर्चुअल माध्यमबाट बोलाएको हो । भदौ २४ गते बोलाएको साधारण सभा उच्च अदालत पाटन ललितपुरले निशेधाज्ञा मुद्धामा संस्था बार्षिक साधारण सभा स्थगित गर्ने अन्तरिम आदेश दिएको थियो । अब बस्ने सभाले २०७६।०७७ को बार्षिक प्रतिवेदनमा छलफल गरी पारितका साथै लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्न प्रस्ताव पनि पारित गर्ने जनाएको छ ।

सभाले कम्पनीको संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहका तीन जना संचालकको निर्वाचन गर्न प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि असोज १० गते देखी १८ गतेसम्म बुक क्लोज गर्न भएकाले असोज ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*