महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

२५ भाद्र २०७८, शुक्रबार ११:४९

काठमाडौं । महालक्ष्मी विकास बैेंक लिमिटेडले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख १० हजार १३३ कित्ता शेयर बिक्री गर्न लागेकोे हो ।

बैंकका विभिन्न संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संंचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र सम्पूर्ण कागजात खुलाई बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संघ संस्थालार्इृ बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*