यी तीन वटा वेभ साइटबाट हेरौं तेह्रथुम पावरको आईपिओ रिजल्ट, कतिबेला आउँछ रिजल्ट ?

२५ भाद्र २०७८, शुक्रबार ११:०७

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ । केहीबेर अघि अलोटमेन्ट सकिएको र अब गोलाप्रथामा बाहिर निस्किएको नम्वर अनुसारको युनिक नम्वरहरु छनौट गरी आईपिओ परेकाहरुको नम्वर सर्टिङ गरेपछि अन्तिम नतिजा तयार हुनेछ ।

केहीबेर सम्पन्न भएको आईपिओ बाँडफाँडको नतिजा विभिन्न तीन वटा वेभसाईटमा हेर्न सकिनेछ । तेह्रथुम पावर कम्पनीको आफ्नै वेभसाईट नभएकोले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, सिडिएर एण्ड क्लीयरिङ हाउसको वेभसाईट र मेरो शेयरबाट हेर्न सकिनेछ ।

तेह्रथुम पावरको आईपिओ बिकी प्रबन्धक एनआईबिएल एस क्यापिटलको वेभसाईट https://niblcapital.com/  सिडीएसले आईपिओको नतिजा हेर्नको लागि बनाएको वेभसाईट https://iporesult.cdsc.com.np/ र सिडीएससीको मेरो शेयर https://meroshare.cdsc.com.np/#/login  बाट हेर्ने सकिने छ ।

एनआईबीएल एस क्यापिटलका अनुसार नतिजाको लागि केही घण्टा समय लाग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*