साधना लघुवित्तको सिइओमा न्यौपाने पुनः नियुक्त

२५ भाद्र २०७८, शुक्रबार ११:०३

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा सिईओमा रेशम न्यौपानेलाई उक्त पदमा पुनः नियुक्त गरेको जनाएको हो ।

कम्पनीको भदौ २४ गते बसेको ९७ औं बैठकको निर्णयअनुसार न्यौपानेको कार्यकाल २०७८ भदौ ३१ गतेसम्म रहेको हुँदा असोज १ गतेदेखि लागू हुने गरी उक्त पदमा पुनः नियुक्त गरेको हो ।

कम्पनीले न्यौपानेलाई थप ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको हो ।

One thought on “साधना लघुवित्तको सिइओमा न्यौपाने पुनः नियुक्त

  1. Devendra adhikari says:

    Congratulation sir

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*