सानिमा माई हाइड्रोपावरको १० प्रतिशत लाभांश घोषणा, बुकक्लोजको मिति तय

२५ भाद्र २०७८, शुक्रबार १०:५१

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले बोनस शेयर तथा नगद लाभांश घोषणा गरेको छ । जसका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) को मिति समेत तय गरेको छ ।

कम्पनीको संचालक समितिको भदौ २४ गते बिहिबार बसेको बैठकले असोज १८ गते एकदिन बोनस शेयर प्रयोजनका लागि बुकक्लोज गर्ने निर्णय गरेको हो । जसअनुसार असोज १७ गतेसम्म कायम कारोबार भई कायम रहेका शेयरधनीहरु मात्र उक्त बोनस शेयर प्राप्तिका लागि योग्य रहेनछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को वितरण योग्य संचित मुनाफाबाट कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने २८ करोड ८ लाख ४१ हजार बराबरको बोनस शेयर र प्रस्तावित बोनस शेयर वापतको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ४७ लाख ८१ हजार १०५ रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको हो ।

उक्त लाभांश कात्तिक ११ गते कम्पनीको दशौं वार्षिक साधारण सभामा प्रस्ताव पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*