तेह्रथुम पावर कम्पनीको आईपिओ बाँडफाँड सम्पन्न, ७४ हजार ४०० मात्रै पाए शेयर

२५ भाद्र २०७८, शुक्रबार १०:४९

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ आज बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको आईपिओ मध्ये आयोजना प्रभावित स्थानीयबासी, कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

कूल २३ लाख ९६ हजार ३ सय ४८ जना आवेदकले ३ करोड १२ लाख ४६ हजार ९ सय १० कित्ताका लागि आवेदन दिएका थिए । यो आवेदन सर्वसाधारणका लागि माग गरिएको भन्दा ४२ गुणा बढी हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट जम्मा ७४ हजार ४०० जनाले आईपिओ पाएका हुन् । कम्पनीको शेयरमा आवेदन दिएका २३ लाख २१ हजार ९ सय ४८ जनाको भने हात खाली भएको छ । नतिजा केहीबेरमा प्रकाशन हुने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*